• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले दिए इरानलाई ४८ घन्टाको अल्टिमेटम,इरानले पनि दियो कडा जबाफ


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्।

शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले ४८ घन्टाको अल्टिमेटम दिएर स्ट्रेट अफ हर्मुज खुला गर्न भनेका हुन्।

उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक बेपत्ता छन्। खोजीका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा पनि इरानी हमला भएको थियो।

घटनापछि शनिबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले इरानलाई ४८ घन्टाभित्र हर्मुज नखोले उनीहरूमाथि ‘नर्क बर्सिने’ चेतावनी दिएका छन्।

‘मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ। त्यो समय घर्कँदै छ। ४८ घन्टाभित्र सम्झौताका लागि तयार भएनन् भने उनीहरूमाथि भयानक हमला हुनेछ,’ ट्रम्पले भनेका छन्।

इरान युद्ध सुरू भएको फेब्रुअरी २८ यता ट्रम्पले पटकपटक सम्झौताका लागि अल्टिमेटम दिँदै आएको छ। त्यसका बाबजुद पनि सम्झौता हुन सकेको छैन।

उनले सुरुमा ४८ घण्टे अल्टिमेटम दिएका उनले वार्ता सकारात्मक भइरहेको दाबी गर्दै समयसीमा पटक–पटक थप्दै अन्ततः अप्रिल ६ सम्मको म्याद तय गरेका छन्।

उनले इरानले नमान्ने अवस्थामा त्यहाँका ऊर्जा संरचनामाथि आक्रमण गर्न सकिने चेतावनी समेत दिएका छन्।

ट्रम्पको अल्टिमेटममा इरानले पनि जबाफ दिएको छ।

इरानी सेनाका कमान्डर मेजर जनरल अली अबदोल्लाही अलीबादीले अमेरिका तनाव बढाउन चाहन्छ भने नर्कको ढोका खुला रहेको भनेर चेतावनी दिएका छन्।

सैनिक मुख्यालका प्रवक्ता इब्राहित जोल्फगरीले पनि इरान अमेरिकाका लागि ‘नर्क’ हुने चेतावनी दिएका छन्।

‘शत्रुता थप बढाउन चाहनुभयो भने इरान तपाईंका लागि नर्क हुनेछ। इस्लामिक गणतन्त्रलाई हराउने भ्रम एउटा दलदलमा परिणत भएको छ जसले तपाईंलाई निल्नेछ,’ उनले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖