• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

२४ घण्टामा १२० इरानी ठेगानामा हमला


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायलले इरानका १२० भन्दा धेरै स्थानमा आक्रमण गरेको छ ।

गएको २४ घण्टामा सैन्य पूर्वाधार समेतका कयौँ ठाउँमा आक्रमण भएको भन्दै इजरायली सेनाले आइतबार बिहान भनेको हो ।

आक्रमण मध्य र पश्चिमी इरानमा भएका हुन् । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार ड्रोन उत्पादन केन्द्र, प्रहार स्थल, क्षेप्यास्त्र प्रदर्शन स्थल, हवाई रक्षा स्थलहरूमाथि हमला गरिएको थियो ।

शनिबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएका व्यापक हमलामा परेर कयौँ इरानी सैन्य नेताको मृत्यु भएको दाबी गरेका थिए । तर उनले यसबारे थप विवरण दिएका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖