• Friday 16th of October 2026

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ भने सेयर बजारमा उत्साह देखिएको छ ।

युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ ।

यद्यपि यो मूल्य युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा रहेको ६७.०२ डलरभन्दा अझै माथि नै छ ।

वैश्विक मानक मानिने ब्रेन्ट क्रुड पनि १२.८८ प्रतिशत घटेर ९५.१२ डलरमा झरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖