• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

लेबनानमा इजरायलको भीषण आक्रमण: १० मिनेटमा १०० प्रहार


  • धनकुटा खबर
  • .

इजरायलले लेबनानमा अहिलेसम्मकै भीषण आक्रमण गरेको छ ।

घाइतेहरूलाई रफिक हरिरी अस्पताल पुर्‍याइएको छ। इजरायलले मात्र १० मिनेटको अन्तरालमा लेबनानका विभिन्न भागमा १०० पटक हवाई आक्रमण गरेको बीबीसीमा समाचार छ ।

आक्रमण गरिएका क्षेत्रहरूमध्ये कतिपय निकै भीडभाड हुने आवासीय इलाका हुन्। लेबनानका राष्ट्रपतिले यस घटनालाई ‘नरसंहार’ को संज्ञा दिएका छन्।

आक्रमणमा परेकाहरूको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक भइसकेको छैन। तर, यो बमबारीमा परेर सयौँ मानिस मारिएको वा घाइते भएको अनुमान गरिएको छ। अस्पतालमा अहिले घाइतेहरूको ठूलो संख्या देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖