काठमाडौं, ६ बैशाख । हर्मुजको जलडमरूम हुँदै भारततर्फ कच्चा तेल र ग्यास बोकेका दुई जहाजमाथि इरानले गोली चलाए पछि थप तनाव बढेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले १४ जहाजहरूलाई हर्मुजको जलडमरूम कच्चा तेल बोकका जहाजहरूलार्र्इ पार गर्नबाट रोकेको थियो।
सो क्रममा भएको गोली हानाहान पछि, १३ जहाजहरू फारसी खाडीका विभिन्न स्थानहरूमा फर्किनु परेको थियो । समाचार अनुसार सो क्रममा एउटा जहाजलाई गोली लागेको थियो भने एउटा मात्रै जलडमरूम पार गर्न सफल भएको थियो।
सो घटना पछि भारतीय विदेश मन्त्रालयले भारतका लागि इरानका राजदूत डा. मोहम्मद फतालीलाई बोलाएर सो कदमको विरोध जनाएको भारतीय सञ्चार माध्यमले दावी गरेका छन ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानले पहिले पनि भारतीय जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गरिसकेको र त्यसैले जहाजहरूको आवागमन सकेसम्म चाँडो पुनः सुरु गरिनुपर्ने बताएको छ।
इरानले आज पनि हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ । जसका लागि इरानले अमेरिकालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै २४ घण्टा भित्र आफ्नो निर्णय उल्ट्याउँदै हर्मुज नाका बन्द गरेको हो ।
