• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरान-अमेरिका युद्धः ५३ प्रतिशत अमेरिकन भन्छन, ‘ट्रम्प असफल भए’


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ बैशाख । इरान माथी हमलामा राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भएको बहुमत अमेरिकनले मत प्रकट गरेका छन ।    

अमेरिकी मिडिया पोलिटिकोले एक सर्वेक्षणको नतिजा उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ कि इरान माथीको हमलामा केवल १५ प्रतिशत अमेरिकन मात्रै ट्रम्पले आफ्नो लक्ष्यहरू पुरा गर्न सकेकोमा विश्वस्त रहेका छन्र । तर, बाँकी ८५ प्रतिशत अमेरिकनले भने इरान युद्दमा ट्रम्प असफल भएको मत प्रकट गरेका छन ।

इरान विरुद्ध संयुक्त रूपमा अमेरिकन–इजरायली सैन्य आक्रमणको सात हप्ता पछि गरिएको सर्वेक्षणमा सहभागीहरू मध्ये १५ प्रतिशत अमेरिकनले मात्रै ट्रम्पले आफ्नो लक्ष्यहरू प्राप्त गरेकोमा विश्वस्त भएको उल्लेख गरेको हो ।

सो सर्बेक्षण अनुसार २० प्रतिशत अमेरिकन यो विश्वास गर्छन् कि ट्रम्पले इरान बिरूद्दको युद्दमा कहिल्यै ती लक्ष्यहरू प्राप्त गर्न सक्ने छैनन् । तर, सर्बेक्षणमा सहभागी मध्ये अन्य २५ प्रतिशतले अमेरिकी राष्ट्रपतिले अझै आफ्नो उद्देश्यहरू प्राप्त गर्न कोशिश गरिरहेका छन् भन्नेमा सोच्छन्। 

सो सर्वेक्षणले अमेरिकी जनतालाई इरानसँग युद्धको आवश्यकताको बारेमा विश्वस्त पार्न ट्रम्प असफल भएको पोलिटिकलोलले उल्लेख गरेको छ ।

 
यद्धपी, ह्वाइट हाउससँग आफ्नो कार्यहरूलाई औचित्य प्रमाणित गर्न पर्याप्त समय भए पनि केवल ३८ प्रतिशत अमेरिकीहरूले अझै पनि इरान माथिको आक्रमणलाई समर्थन गरिरहेको भने देखिए पनि बहुमत ५३ प्रतिशत अमेरिकनहरू इरानसँगको युद्ध अमेरिकी जनताको हितमा छैन भन्ने विश्वास गर्छन् । 

सन २०२४ को चुनावमा ट्रम्पका केही समर्थकहरूसहित तिनीहरूमध्ये एक उल्लेखनीय संख्याका नागरिक पनि यस युद्धमा राष्ट्रपति ट्रम्पसँग स्पष्ट लक्ष्यहरू छन् भन्ने कुरामा विश्वस्त छैनन् र र तिनीहरूमध्ये ४९ प्रतिशतले त ट्रम्प घरेलु मुद्दाहरू समाधान गर्नुको सट्टा अन्तर्राष्ट्रिय मामिलाहरूमा धेरै समय बिताउँने गरेको उल्लेख गरेका छन । 

 

सो मिडियाका अनुसार ट्रम्प यतिखेर वास्तविकताको सामना गरिरहेका छन् । जसका कारण इरान युद्ध र यसको परिणामले अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको विजयको सम्भावनालाई कमजोर पार्न सक्ने सो मिडियाले जनाएको छ ।

 

अमेरिकी डेमोक्रेटिक सिनेटर जोन ओसफले पनि पहिले नै इरान विरुद्ध ट्रम्पको युद्धवादी नीतिहरूको आलोचना गर्दै भनेका थिए, ‘डोनाल्ड ट्रम्पले हाम्रो देशलाई कसैले पनि गर नभनेको युद्धमा तानिदिएका छन् ।’ इरान विरुद्ध ट्रम्पले चलाएको युद्धले १३ अमेरिकी सैनिक र हजारौं नागरिकको मृत्यु भइसकेको उल्लेख गर्दै उनी भन्छन ‘आकाश छियाछिया पारेको छ, मुद्रास्फीति निम्त्याएको छ र हाम्रो देश (अमेरिका) को प्रतिष्ठामा यतिखेर ठूलो क्षति पुर्‍याइएको छ ।’

तेहरान र वाशिंगटन बीचको अप्रत्यक्ष वार्ताको बीचमा नै २८ फेब्रुअरी २०२६ वाट इरान विरुद्ध संयुक्त रूपमा अमेरिका–इजरायलले आक्रमण गरे पछि पश्चिम एसियामा यतिखेर तनाव बढिरहेको बेला यो सर्वेक्षण सार्बजनिक भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖