काठमाडौँ — अमेरिकाले खाडी क्षेत्रमा इरानी झन्डासहितको एक कार्गो जहाजलाई रोकेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
राष्ट्रपतिले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘आज इरानी झन्डावाला एक जहाजले नाकाबन्दी तोड्ने कोसिस गर्यो, तर त्यो असफल भयो। यो जहाज ९०० फिट लामो छ र लगभग एक एयरक्राफ्ट क्यारियरजत्तिकै भारी छ।’
अमेरिकी मध्य कमान्डले पनि एक भिडियो सार्वजनिक गरेको छ, जसमा एक नौसैनिक जहाजले कार्गो जहाजलाई गोलीबारी गर्दै रोकेको देखिन्छ।
