• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति ३१ वर्षीय कम्प्युटर इन्जिनियर


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसमेतका लागि आयोजना गरेको डिनर कार्यक्रममा गोली चलाउने व्यक्तिको पहिचान भएको छ । घटनालगत्तै पक्राउ परेका युवक ३१ वर्षीय कोल एलेनको रुपमा पहिचान भएको प्रहरीले जनाएको छ ।

वाशिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा एक्कासी गोली चलेपछि राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया, उपराष्ट्रपति जेडी भान्स लगायतलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए ।

घटनालगत्तै सुरक्षाकर्मीहरुले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । कोल एलेन नामका ती व्यक्ति क्यालिफोर्नियाका कम्प्युटर इन्जिनियर समेत रहेको प्रहरीले जनाएको छ ।

फक्स न्युज अनलाइनका अनुसार एलेनले पहिले फर्स्ट–पर्सन सुटर गेम डिजाइन गर्ने काम गर्थे, तर अहिले उनी आफैं गोली चलाएको आरोपमा पक्राउ परेका छन् ।

लिङ्कडइन प्रोफाइल तथा अनलाइन अभिलेखअनुसार एलेनको जीवन र करियर कम्प्युटर वैज्ञानिक, इन्जिनियर तथा स्वतन्त्र गेम डेभलपरका रूपमा सफल देखिन्छ । उनले ‘फर्स्ट ल’ नामक सुटर रोल–प्लेइङ गेमसमेत निर्माण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖