• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गोली हानी १९ मजदुर र ६ प्रहरीको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौैं, ८ जेठ ।  होन्डुरसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको छ। 

जुन गोलाबारीमा १९ जना मजदुर र ६ जना प्रहरीसमेत मारिएका छन् । अधिकारीहरूका अनुसार दुवै आक्रमण अज्ञात बन्दुकधारीहरूले अचानक गरेका हुन्।

पहिलो आक्रमण उत्तरी होन्डुरन शहर ट्रुजिलोको एक बगानमा भएको थियो। सार्वजनिक अभियोजक कार्यालयका प्रवक्ता युरी मोराले आक्रमणमा १९ जना मजदुर मारिएको जानकारी दिए ।

रिपोर्टहरूका अनुसार, यो क्षेत्र लामो समयदेखि जग्गा विवाद र कृषि द्वन्द्वको केन्द्रबिन्दु रहेको छ। यो पहिले पनि वातावरणीय कार्यकर्तामाथि आक्रमणको कारण समाचारमा रहने गरेको थियो।

दोस्रो आक्रमण ग्वाटेमालाको सिमाना नजिकै रहेको ओमोआ शहरमा भएको थियो, जहाँ बन्दुकधारीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। जुन गोलाबारीमा परी एक वरिष्ठ अधिकारीसहित ६ जना प्रहरी मारिएका छन । प्रहरीका अनुसार अधिकारीहरू गिरोह विरोधी अभियानमा थिए र राजधानी टेगुसिगाल्पाबाट ओमोआ जाँदै थिए।

होन्डुरसको सुरक्षा मन्त्रालयले दुवै आक्रमणको अनुसन्धान गर्न फोरेन्सिक विज्ञ र अभियोजकहरूको टोली पठाइएको बताएको छ। सरकारले प्रभावित क्षेत्रहरूमा सुरक्षा अपरेशनलाई तीव्र बनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖