• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

होर्मुजको जल डमरूममा अमेरिका टयांकर माथी इरानी सेनाको प्रहार


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, १४ जेठ । बुधबार राति इरानी नौसेनाले एक अमेरिकी ट्याङ्करमाथि गोली चलाएको छ। 

तस्निम समाचार एजेन्सीका अनुसार इरानले होर्मुजको जलडमरूमबाट गुज्रिरहेको बेला जहाजले आफ्नो राडार बन्द गरेको दाबी गरेको छ।

 

त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास बन्दरगाह नजिकैको एक खाली क्षेत्रमा जवाफी गोली चलाएको थियो। यसमा अहिलेसम्म कुनै हताहत भएको रिपोर्ट गरिएको छैन। अमेरिकाले यस विषयमा अहिलेसम्म आधिकारिक बयान जारी गरेको छैन्।

 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि इरानले वार्ताबाट पछि हट्ने सोचेको थियो तर अब तेहरानसँग सम्झौतामा पुग्नु बाहेक अरू कुनै विकल्प रहेको छैन।

 

ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले भने, ‘इरानले मलाई पर्खाउन लगाएर थकाउने सोचेको थियो, उनीहरूले सोचेका थिए कि मेरो अगाडि मध्यावधि चुनाव छ तर मलाई वास्ता छैन। इरान अब केवल सम्झौता चाहन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖