• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मलेसियाले लगायो १६ वर्ष मुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्धको कानुन


  • धनकुटा खबर
  • .

क्वलालम्पुर, १९ जेठ । मलेसियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउन निषेध गर्ने नयाँ नियमहरू लागू गरेको छ।

 

फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले अब उमेर प्रमाणीकरण प्रणाली लागू गर्नु पर्नेछ। नयाँ निमय लागु भएसँगै अब मलेसियामा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूले खाता बनाउन सक्ने छैनन्।

 

यी नियमहरू उल्लङ्घन गरेकोमा कम्पनीहरूलाई २.५ मिलियन सम्म जरिवाना गर्न सकिन्छ। यद्यपी  यदि बच्चाहरूले यी नियमहरू तोडेर खाताहरू सिर्जना गरे भने उनीहरूका आमाबाबुले कुनै कारबाहीको सामना गर्नुपर्दैन।

सरकारले यो कदम बालबालिकालाई हानिकारक सामग्री, साइबरबुलिङ र सामाजिक सञ्जालको लतबाट जोगाउनको लागि भएको बताएको छ।

 

मलेसियासँगै अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा नियमहरू लागू गरेका छन् वा लागू गर्ने तयारी गरिरहेका छन्।

 

यद्यपि, केही विज्ञहरूले सरकारी परिचय पत्रको साथ उमेर प्रमाणित गर्नुपर्ने आवश्यकताले डेटा गोपनीयताको बारेमा चिन्ता बढाउन सक्ने बताएका छन्। मेटाले पूर्ण प्रतिबन्धले बालबालिकालाई सुपरिवेक्षण नगरिएका प्लेटफर्महरूमा लैजान सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖