• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्प भन्छन्, ‘आईतबार सम्झौता हुन्छ’, इरान भन्छ, ‘मिति तय भएको छैन्’


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्।

 

उनका अनुसार सो सम्झौता भए लगत्तै हर्मुजको जलडमरूम सबै जहाजहरूका लागि खुला गरिनेछ। 

 

यस बाहेक स्थिति सामान्य भए पछि अमेरिकाले इरानको समृद्ध युरेनियम निकालेर नष्ट गर्ने पनि उनले दावी गरेका छन् ।

 

उनले यो प्रक्रिया सफल नभएमा अमेरिकासँग अन्तिम उपाय रहेको चेतावनी भने दिन छाडेका छैनन्  ।

यद्यपि, इरानको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै आइतबार अमेरिका–इरान शान्ति सम्झौतामा हस्ताक्षर नहुने बताएको छ। सम्झौता आगामी केही दिनमा हुन सक्छ तर मिति अझै तय भएको छैन।

 

प्रवक्ता इस्माइल बगाईले यो पनि भने कि इरानले होर्मुज जलडमरूममा ढुवानीको निगरानी र व्यवस्था कायम राख्न नयाँ नियमहरू लागू गरिरहेको छ। भविष्यमा होर्मुज जलडमरूम पार गर्ने जहाजहरूलाई त्यहाँ प्रदान गरिएका सेवाहरूको लागि कर लाग्न सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖