• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विमान दुर्घटना, एक पाइलट सहित १२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं- अमेरिकाको मिसौरी राज्यमा भएको विमान दुर्घटनामा ११ जना स्काइडाइभर र एक पाइलटसहित १२ जनाको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार स्काइडाइभिङ कम्पनीले भाडामा लिएको उक्त विमान आइतबार स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे उडेको थियो।

बेट्स काउन्टी आपत्कालीन व्यवस्थापन कार्यालयका प्रवक्ताका अनुसार विमानले आवश्यक उचाइ लिन नसकेपछि अचानक बायाँ मोडिएको थियो र बटलर मेमोरियल विमानस्थलबाट करिब २०० यार्ड टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार सबै १२ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

बेट्स काउन्टीका शेरिफ चाड एन्डरसनले पत्रकार सम्मेलनमा यस घटनालाई ‘सामूहिक मानवीय क्षति’ का रूपमा लिइएको बताएका छन्। उनले दुर्घटनाग्रस्त विमान कुनै व्यावसायिक यात्रुवाहक विमान नभई स्थानीय विमानस्थलबाट उडेको एउटा सानो विमान रहेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖