• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तेलको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने सहमति भएको दाबी गरेसँगै कच्चा तेलको मूल्य घटेको छ । राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको सैनिक नाकाबन्दी खोल्ने घोषणा गरेका थिए ।

जेनेभामा आगामी शुक्रबार शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भएसँगै हर्मज जलमार्ग पुनः सुचारु हुने उनले बताएका छन् ।

शान्ति वार्ताको टुङ्गो लागेसँगै सोमबार कच्चा तेलको विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ८४ डलर आसपास कारोबार भएको छ । यस्तै, अमेरिकी क्रुडको मूल्य पनि ४.८ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल करिब ८१ डलर पुगेको छ ।

यद्यपि, गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुअघिको प्रतिब्यारेल ७० डलर आसपासको मूल्यमा झर्न भने केही समय लाग्ने विज्ञहरूले बताएका छन् । कच्चा तेलको आपूर्तिलाई पुरानै लयमा फर्काउन अझै थुप्रै चुनौतीहरू बाँकी नै रहेको उनीहरूको भनाइ छ ।

अबका दिनमा हर्मज जलमार्गमा बिछ्याइएका विस्फोटक पदार्थहरू हटाउनुपर्ने, त्यहाँ जहाजहरूको आवतजावत पूर्ण रूपमा खुला गरिनुपर्ने, पश्चिम एसियाका तेल उत्पादन पुनः सुचारु हुनुपर्ने, आपत्कालीन पेट्रोलियम भण्डारहरू फेरि भर्नुपर्ने र युद्धका कारण क्षतिग्रस्त भएका ऊर्जा संरचनाहरूको मर्मतसम्भार गर्नुपर्नेजस्ता ठूला कामहरू बाँकी छन् ।

त्यही कारण कच्चा तेलको मूल्य अझै केही समयसम्म उच्च विन्दुमै रहने आँकलन तेल विश्लेषकहरूले गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖