• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सरकारी कर्मचारीलाई स्मार्ट फोन प्रयोग गर्न प्रतिबन्ध


  • धनकुटा खबर
  • .

काबुल, ५ असार । अफगानिस्तानको तालिबान सरकारले एउटा यस्तो निर्णय गरेको छ, जसले हरेक सरकारी कर्मचारीको दैनिक जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ।

 

तालिबान प्रमुख तथा देशका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको आदेशपछि सरकारी कर्मचारीहरूलाई आफ्नो स्मार्टफोन बन्द गर्न बाध्य पारिएको छ।

 

कामको सिलसिलामा कर्मचारीहरूलाई स्मार्टफोन प्रयोग गर्दा पक्राउ परेमा जागिर गुम्न सक्ने, कानुनी कारबाही हुन सक्ने र केही क्षेत्रमा जेल सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ। यो निर्णयले शिक्षक, सरकारी अधिकारी र कर्मचारीहरूमा चिन्ता बढाएको छ, जसले आफ्नो धेरैजसो काम व्हाट्सएप, इमेल र एआई उपकरणहरू मार्फत गरिरहेका थिए ।

 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार अफगानिस्तानका विभिन्न भागहरूमा सरकारी कर्मचारीहरूले आफ्ना स्मार्टफोनहरू बन्द गर्न थालिसकेका छन्। यो आदेश गत  बुधबारदेखि लागू भएको बताएका छन्। 

सबै सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रतिबन्ध लगाउने तालिबानी आदेश गत हप्ता सामाजिक सञ्जालमा प्रसारित भएको थियो। पत्रमा अफगान सर्वोच्च अदालतको प्रतीक चिन्ह अंकित थियो।

 

पत्रमा लेखिएको थियो, ‘सबै प्रान्तका विभाग प्रमुखहरूलाई आफ्ना सबै कर्मचारीहरू चाहे वरिष्ठ होस् वा कनिष्ठ, जुन १७ देखि स्मार्टफोनको प्रयोग कडाइका साथ निषेध गरिएको जानकारी गराउन सल्लाह दिइन्छ।’ सैन्य र नागरिक विभागका सबै कर्मचारीहरूलाई पत्र जारी गरिएको थियो। यसमा सर्वोच्च नेताको अनुमति लिएर मात्र छुट दिन सकिने उल्लेख गरिएको थियो।

यो निर्णयले स्थानीय कर्मचारीहरूलाई ठूलो समस्या निम्त्याएको छ। रिपोर्टहरूका अनुसार, दुर्गम अफगानिस्तान प्रान्त बदख्शानको प्रान्तीय सूचना विभागका एक कर्मचारीले नियम तोड्दा ६ महिनाको जेल सजाय हुन सक्ने बताए। बदख्शानका तीन सरकारी कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा कुरा गर्दै भने कि यसले उनीहरूलाई काम गर्न गाह्रो बनाउने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖