• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

टोकियो । जापानको उत्तरी तटीय क्षेत्रमा बिहीबार बिहान व्यस्त आवतजावतको समयमा शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको तीव्रता प्रारम्भमा ६.९ म्याग्निच्युड मापन गरिएको भए पनि पछि परिमार्जन गरी ७.२ म्याग्निच्युड रहेको पुष्टि गरिएको छ।

भूकम्प इवाते प्रान्तको पूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको थियो। जमिनको सतहबाट करिब ५० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भने भूकम्पको तीव्रता ६.९ म्याग्निच्युड रहेको जनाएको छ।

जापानी अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पका कारण ओमोरी र इवाते प्रान्तमा कम्तीमा आठ जना घाइते भएका छन्। घाइतेहरू अधिकांश लडेर वा माथिबाट खसेका वस्तु लागेर चोटपटक लागेको अवस्थामा रहेका छन्। हालसम्म कसैको पनि ज्यान जाने गरी गम्भीर क्षति भएको विवरण आएको छैन।

भूकम्पको धक्का राजधानी टोकियोसम्म पनि सामान्य रूपमा महसुस गरिएको थियो।

प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकारसँग कुरा गर्दै सरकारको आकस्मिक टोलीले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। उनले क्षतिको विवरण संकलन भइरहेको र आवश्यक परे उद्धार तथा राहतका लागि सबै तयारी पूरा गरिएको जानकारी दिएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖