• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, २९ जना मारिएको दाबी


  • धनकुटा खबर
  • .

एजेन्सी । पाकिस्तान सरकारले अफगानिस्तानमा पुन: हवाई आक्रमण गरेको छ । आक्रमणमा २९ जना ‘आतंककारी’ मारिएको पाकिस्तानको दाबी छ ।

पाकिस्तानका सरकारी अधिकारीहरुका अनुसार सुरक्षाबलले गोप्य सूचनाका आधारमा आइतबार राति अफगानिस्तानभित्र सैन्य अभियान सञ्चालन गरेको थियो ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा लेखिएअनुसार सेनाले डुरान्ड रेखा नजिक योजनाबद्ध स्थलगत अभियान सञ्चालन गरेको थियो । त्यसपछि जमात–उल–अहरार तथा तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का क्षेत्र र शिविरहरूमा लक्षित हवाई आक्रमण गरेको थियो ।

उनका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत अभियानमा ‘आतंककारी’ कमाण्डर खान फ्रोस (जबाल) सहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएका छन् भने अन्य केही घाइते भएका छन् ।

यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖