• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको औँठी दिने घोषणा


  • धनकुटा खबर
  • .

एजेन्सी । तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई १ ग्राम सुनको औँठी प्रदान गर्ने नयाँ योजना घोषणा गरेको छ।

‘थाइमामन थंगा मोथिरम’ नामक यस योजनाअन्तर्गत सरकारी अस्पतालमा जन्मिने प्रत्येक योग्य शिशुलाई सुनको औँठी दिइनेछ।

यस योजनाका लागि राज्य सरकारले वार्षिक ७५५.८३ करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी सेप्टेम्बर १५ देखि औपचारिक रूपमा लागू हुने यस योजनाबाट २२ जुन २०२६ पछि सरकारी अस्पतालमा जन्मिएका शिशुहरू समेत लाभान्वित हुने बताइएको छ।

सरकारले मातृत्वलाई सम्मान गर्नुका साथै सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖