• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तेलको भाउ बढाई रहन हुर्मजमा हमला जारी राखेको दावी


  • धनकुटा खबर
  • .

तेहरान, २४ असार । इरानद्वारा तीनवटा ट्यांकरमाथि गरिएका आक्रमण गरे पछि विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्। 

कतिपयको बुझाइमा यी आक्रमणहरूको पछाडि केवल सैन्य वा राजनीतिक उद्देश्य मात्र नभई तेल बजारसँग सम्बन्धित रणनीतिहरू पनि हुन सक्छन् भनिन थालिएको छ । 
 
हालै इरानको निसानामा परेका भनिएका ती तीन ट्यांकरहरूमा कतारको एलएनजी ट्यांकर ‘अल रेकय्यात’, साउदी झण्डावाहक कच्चा तेलको ट्यांकर ‘वेद्यान’ र लाइबेरियाको झण्डावाहक ट्यांकर समावेश छन्।
 
इरानले होर्मुज जल सन्धिमा आफ्नो नियन्त्रण र प्रभाव रहेको दाबी गर्दै आएको छ र उसले तोकेका समुद्री मार्गहरू मात्र सुरक्षित रहेको अडान राखेको छ र इरानले यसलाई यस क्षेत्रको द्वन्द्व पछिको नयाँ यथार्थका रूपमा प्रस्तुत गरिरहेको छ।
 
यी घटनाहरूबारे एउटा भिन्न दृष्टिकोण पनि देखा परिरहेको छ, जसलाई कतिपयले षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) का रूपमा हेर्छन्, जसअनुसार तेलको मूल्य उच्च राखि रहन इरानले जानाजान तनाव बढाएको मानिएको छ । यस तर्कका पक्षधरहरू भन्छन् कि जब मध्य पूर्वमा तनाव बढ्छ, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रभावित हुन्छ र बढ्न थाल्छ। तेल निर्यात गर्ने राष्ट्रहरूले उच्च मूल्यबाट लाभ लिन सक्ने भएकाले केही विश्लेषकहरूको बुझाइमा इरान विश्व बजारमा तेलको मूल्य घट्न नदिने चाहन्छ। यो चर्चाले गति लिनुको एउटा कारण साउदी अरबले हालै करिब २६ वर्ष पछि तेलको मूल्यमा गरेको उल्लेख्य कटौती हो। कसै कसैको बुझाइमा साउदी ट्यांकर माथि गरिएको आक्रमणलाई उक्त निर्णयको प्रतिक्रियाका रूपमा हेर्न सकिन्छ यद्यपि यस दाबीको पुष्टि भने भएको छैन। 
 
अर्को दृष्टिकोण यो छ कि इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ भित्रका केही कट्टरपन्थी तत्वहरू यस क्षेत्रमा तनाव कायम राख्न चाहन्छन्। उनीहरू ‘स्ट्रेट अफ हर्मुज’ मा पूर्ण प्रभाव र नियन्त्रण कायम राख्न कडा अडान आवश्यक ठान्छन्। फलस्वरूप, उनीहरूले कुनै पनि युद्धविराम वा शान्ति प्रक्रियालाई कमजोर पार्ने प्रयास गर्न सक्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖