तेहरान, २६ असार । चीन–इरान रेल कोरिडोर पुल अमेरिकी हमलामा ध्वस्त भएको छ ।
फार्स न्युज एजेन्सीका अनुसार इरानमा गरिएको अमेरिकी हवाई आक्रमणले उत्तरी प्रान्त गोलेस्तानस्थित ‘आक ताकेह खान’ रेलमार्गको पुलमा प्रहार गरेको छ।
यो पुलले इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन बीचका प्रमुख व्यापारिक मार्गहरूलाई जोड्छ। इरानका बन्दरगाहहरू माथि अमेरिकाले नाकाबन्दी लगाएको समयमा रुसतर्फ सामान ढुवानी गर्न पनि यो मार्गको प्रयोग गरिएको थियो। यो ठुलो ब्यापारिक थलमार्ग पनि हो ।
फार्सका अनुसार पुलको मर्मत कार्य छिट्टै सम्पन्न गरिनेछ। यस पुल हुँदै जाने मार्ग तुर्कमेनिस्तान र काजाकिस्तान भएर चीनसम्म पुग्छ।
