• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ साउन । मध्य पूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै मे महिनायता पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर पुगेको छ।

 

इरानविरुद्ध अमेरिकाले सैन्य आक्रमण तीव्र पारेसँगै र केही दिनयता मूल्यमा निरन्तर वृद्धि भएपछि बिहीबार तेलको मूल्य निर्धारण गर्ने विश्वव्यापी मानक ‘ब्रेन्ट क्रुड’को भाउ ६ प्रतिशतभन्दा बढीले बढाएको हो।

 

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल बोक्ने ट्यांकरहरूमा आक्रमण गरेपछि मूल्यमा भारी वृद्धि भएको हो  । यस आक्रमणले साउदी अरबले ‘स्ट्रेट अफ हर्मुज’लाई छलेर प्रयोग गर्दै आएको प्रमुख निर्यात मार्गलाई खतरामा पारेको छ।

 

पछिल्लो एक महिनामा ग्याम्सको मूल्य पनि निरन्तर बढेको छ। बेलायतको मानक ग्यासको मूल्य जुनको अन्त्यमा करिब ९८ पेन्स प्रति थर्म रहेकोमा अहिले बढेर करिब १५० पेन्स पुगेको छ ।

 

अमेरिका र इरानबीचको अस्थायी युद्धविरामपछि तेलको मूल्य घटिरहेको थियो। मूल्य घटेर फेरि त्यही स्तरमा पुगेको थियो, जुन स्तरमा २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुअघि देखिएको थियो। तर, युद्धविराम असफल भए पछि पुनः तेलको मुल्य बढेको हो ।

 

जारी द्वन्द्वले बेलायत र अमेरिकासहित धेरै देशहरूमा मुद्रास्फीति बढाउने जोखिम निम्त्याएको छ, जसका कारण उपभोक्ताहरूका लागि मूल्यवृद्धि हुन सक्छ।

सामान्यतया, तेलको मूल्य बढ्दा पेट्रोल र डिजेल पनि महँगो हुन्छन्। यसबाट सवारी चालकहरू प्रत्यक्ष रूपमा प्रभावित भए तापनि व्यवसायीहरूले बढेको ढुवानी लागतको भार उपभोक्ता माथि सार्ने भएकाले घरपरिवारले खाद्यवस्तुजस्ता अन्य सामानको मूल्यमा पनि वृद्धि देख्न सक्छन्।

 

बेलायत र अमेरिकामा मुद्रास्फीतिको दर घटेको छ तर मध्यपूर्वमा पुनः सुरु भएको द्वन्द्वका कारण यो कमी अल्पकालीन मात्र हुने हो कि भन्ने प्रश्न अझै बाँकी छ।  मोटर चालकहरूको हितमा काम गर्ने संस्था एएएका अनुसार अमेरिकामा पेट्रोलको औसत मूल्य पुनः प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ, जबकी एक महिना अघि यो मूल्य ३.९२ डलर मात्रै थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖