• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेशका राष्ट्रपतिले कार्यकाल सकिनु अघि नै राजिनामा दिने


  • धनकुटा खबर
  • .

ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनले आफ्नो पाँच वर्षे कार्यकाल पूरा हुनुभन्दा करिब दुई वर्षअघि नै राजीनामा दिन सक्ने सम्भावना देखिएको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै बंगलादेशी सञ्चारमाध्यमहरूमा यस्तो दाबी गरिएको छ।

मोहम्मद सहाबुद्दिनले सन् २०२३ को अप्रिलमा राष्ट्रपतिको पदभार सम्हालेका थिए तर सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि अवामी लिगको सरकार सत्ताबाट बाहिरियो। उक्त आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनायो। फलस्वरूप, अवामी लिग सरकारको कार्यकालका संवैधानिक पदाधिकारीहरू मध्ये सहाबुद्दिन मात्र यस्ता व्यक्ति हुन्, जसले हालसम्म आफ्नो पद कायम राखेका छन् ।

पछिल्ला दुई दिनयता उनको राजीनामा सम्बन्धी अड्कलबाजी तीव्र बनेको छ। बंगलादेशका विभिन्न सञ्चारमाध्यमले राष्ट्रपति पदमा सहाबुद्दिनको निरन्तरता प्रति वर्तमान सरकार सहज नरहेको समाचार प्रकाशित गरेका छन्। प्रथम आलो पत्रिकाले एक उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार शेख हसिनासँग पुनः सम्पर्क स्थापित गर्ने राष्ट्रपतिको हालैको प्रयासप्रति सरकार असन्तुष्ट छ।

 

यसैबीच, द डेली स्टारले एक वरिष्ठ बीएनपी नेतालाई उद्धृत गर्दै जनाए अनुसार शहाबुद्दीन र शेख हसिनाबीच भएको भनिएको टेलिफोन वार्ता राजीनामाको एक मात्र कारण होइन। ती नेताका अनुसार डिसेम्बरमा बंगलादेश फर्कने शेख हसिनाको घोषणा पछि मुलुकको राजनीतिक वातावरण निकै संवेदनशील बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖