• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट


  • धनकुटा खबर
  • .

काठमाडौं, ०८ साउन । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातुको मूल्यमा तीव्र गिरावट आएको छ। कारोबार अवधिमा सुनको मूल्य २.८३ प्रतिशत अर्थात् ११७ अमेरिकी डलरले घटेर प्रतिऔंस ४ हजार २८ डलरमा झरेको छ। पछिल्लो गिरावटले विश्व बजारमा सुरक्षित लगानीका रूपमा चिनिने सुनमा बिक्री दबाब बढेको संकेत गरेको छ।

सुनसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २.६२ अमेरिकी डलर अर्थात् ४.३८ प्रतिशतले घटेको छ।

बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्दै जानु, ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तन तथा लगानीकर्ताले जोखिमयुक्त सम्पत्तितर्फ आकर्षण बढाउँदा सुन र चाँदीमा बिक्री चाप देखिएको हो। यस्ता कारणले बहुमूल्य धातुको मूल्यमा अल्पकालीन दबाब परेको विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले आगामी दिनमा स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा समेत यसको असर देखिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖