• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ड्रोनले थप ५ शव देखेपछि ब्रड पिक हिम पहिरोस्थलतर्फ उद्धार टोली


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परेका आरोहीको उद्धारका लागि नेपाली र पाकिस्तानी अनुभवी आरोहीको नेतृत्वमा उद्धार टोली शनिबार जोखिमपूर्ण उच्च हिमाली क्षेत्रमा अघि बढेको छ।

ड्रोनबाट क्याम्प–१ नजिक थप ५ वटा शव देखिएपछि उद्धार टोली त्यसतर्फ गएको हो। तीमध्ये दुई शव हिमचिराको छेउमा देखिएको जनाइएको छ। तर ड्रोनबाट खिचिएको दृश्यका आधारमा शव कसको हो भन्ने पहिचान हुन सकेको छैन।

प्रसिद्ध नेपाली आरोही मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र पाकिस्तानका चर्चित उच्च हिमाली आरोही सिर्बाज खानको नेतृत्वमा स्थलमार्गबाट टोली अघि बढेको हो। आफ्नै आरोहण अभियान स्थगित गर्दै केही नेपाली गाइड पनि उद्धारमा सहभागी भएका छन्।

पाकिस्तान सेनाका हेलिकोप्टरले ड्रोनले देखाएका स्थानको पुष्टि गर्न तथा उद्धारमा सहयोग गर्न घटनास्थलतर्फ उडान गरेका छन् । तर ६ हजार मिटरभन्दा माथिको तीव्र भिरालो भूभागबाट शव निकाल्न हेलिकोप्टर मात्र पर्याप्त नहुने अधिकारीहरूले बताएका छन्।

उद्धारअघि टोलीले हिम पहिरोको जोखिम र अस्थिर हिउँको अवस्था मूल्याङ्कन गर्नेछ। यसअघि अधिकारीहरूले तीन आरोहीको शव फेला पारेका थिए। बिहीबार ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको हिम पहिरोपछि केही आरोही अझै बेपत्ता छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖