• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडकखण्डमा रेलको ठक्करबाट उनीहरूको ज्यान गएको हो।

बाकाउ आपत्कालीन सेवा निर्देशनालय (ISU) का अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, एम्बुलेन्स तथा सघन उपचार मोबाइल युनिटसहितको उद्धार टोली घटनास्थलमा पुगेको थियो। तर टोली पुग्दासम्म दुवै नेपालीको घटनास्थलमै मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका थिए।

ISU बाकाउले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट दुई व्यक्ति घाइते भएको सूचनापछि उद्धार टोली तत्काल परिचालन गरिएको उल्लेख गर्दै, घटनास्थलमा पुग्दा दुवैलाई मृत घोषणा गरिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मृतकहरू नेपाली नागरिक रहेको खुले पनि उनीहरूको नाम, ठेगाना तथा अन्य परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

नेपालीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना किन भयो भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖