• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एयर इन्डियाको उडानमा टर्बुलेन्स, यात्रु र चालक दलका सदस्यहरू घाइते


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एक उडानमा अचानक टर्बुलेन्स भएपछि केही यात्रु र चालक दलका सदस्य सामान्य घाइते भएका छन्।

एयर इन्डियाको एआई–२३७९ नम्बरको उडानमा यात्रा गरिरहेका बेला टर्बुलेन्स आएको हो। पाइलटहरूले हवाई ट्राफिक नियन्त्रण (एटीसी) को समन्वयमा स्थिति नियन्त्रणमा लिँदै विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण गराएका थिए।

कम्पनीका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। घटनामा केही व्यक्तिलाई सामान्य चोटपटक लागे पनि कसैको अवस्था गम्भीर नरहेको जनाइएको छ।

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा यात्रु तथा चालक दलको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै टर्बुलेन्सबाट प्रभावित यात्रुहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराइएको जनाएको छ।

साथै, घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको र एयर इन्डियाले त्यसमा पूर्ण सहयोग गरिरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖