• Sunday 4th of October 2026

किन चलाइराखेका छन् प्यालेस्टाइन समर्थकहरूले ‘स्पाइडर म्यान’ बहिस्कार अभियान


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० साउन । प्यालेस्टाइन समर्थक अभियानकर्ताहरूले निर्माताको इजरायलसँगको सम्बन्धका कारण ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ को बहिष्कार गर्न आह्वान गरेका छन्।

लेबनान, जोर्डन र अरब विश्वसहित अन्य भागहरूमा रहेका प्यालेस्टाइन समर्थक अभियानकर्ताहरूले ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ को बहिष्कार गर्न आह्वान गरेका हुन । 
 
यसको कारण निर्माता एभी अराडले इजरायललाई गरेको समर्थन र गाजा युद्धका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु माथि गरिएको आलोचनालाई उनले अस्वीकार गरेको भन्दै बहिस्कारको अभियान चलाइरहेका हुन् ।
 
लेबनानस्थित ‘इजरायलका समर्थकहरूलाई बहिष्कार गर्ने अभियान’ले दर्शकहरूलाई यस चलचित्रको टिकट नकिन्न आग्रह गरेको छ। उनीहरूको तर्क छ कि इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्ने व्यक्तिहरू संलग्न रहेको निर्माण कार्यलाई आर्थिक सहयोग गर्नु भनेको ‘सांस्कृतिक सामान्यीकरण’ गर्नु सरह हो।
 
चलचित्र प्रदर्शनमा आउनु अघि देखी नै सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा उक्त समूहले प्रश्न गरेको छ, ‘के हामी इजरायल प्रति सार्वजनिक रूपमा राजनीतिक समर्थन व्यक्त गर्ने व्यक्तिहरू संलग्न रहेको निर्माण कार्यलाई समर्थन गर्न चाहन्छौं ?’ र, अहिले सो अभियानले सर्वसाधारणलाई यसको सशुल्क प्रदर्शन नहेर्न आह्वान गरेको छ र आफ्नो अडानले इजरायल वा यसका नीतिहरूलाई सामान्यीकरण गर्ने कार्यको विरोध झल्काउने उसको दावी छ ।
 
जोर्डनको ‘तहरक’  नामक सामान्यीकरण विरोधी समूहले छुट्टै विज्ञप्ति जारी गर्दै चलचित्र बहिष्कार गर्न र जोर्डनका सिनेमाघरहरूको प्रदर्शन तालिकाबाट यसलाई हटाउन माग गरेको थियो ।
 
उक्त समूहले जोर्डन आर्टिस्ट सिन्डिकेट, सिनेमाघर सञ्चालकहरू र अन्य सम्बन्धित निकायहरूलाई पनि यसको प्रदर्शन विरुद्ध अडान लिन आग्रह गरेको छ। त्यस यता अन्य अरब देशहरूका अभियानकर्ता र सामग्री निर्माताहरूले पनि यी आह्वानहरूलाई थप व्यापक बनाइरहेका छन्।
 
जुलाई ३१ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन गरिएको ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ मा टम हल्यान्डले पिटर पार्करको भूमिका निर्वाह गरेका छन् भने यसको निर्देशन डेस्टिन ड्यानियल क्रेटनले गरेका हुन्। मार्वलले केभिन फिगी, एमी पास्कल र राहेल ओ कोनरसँगै अराडलाई पनि आफ्ना चार निर्माताहरूमध्ये एकका रूपमा सूचीकृत गरेको छ, उनीहरूको भाषामा अराड इजरायलको कट्टर समर्थक हुन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖