• Monday 5th of October 2026

आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह


  • धनकुटा खबर
  • .

अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेका छन् ।

ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् । साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि चेतावनी दिएका छन् ।

अमेरिकाले हमाससँगको युद्धका क्रममा इजरायलाई साथ दिने जनाएको छ भने हिजबुल्लाहले हमासलाई समर्थन गरेको छ । लेबनानबाट आफ्ना नागरिकको उद्धार गर्न तयारी भएको पनि अमेरिकाले जनाएको छ भने बेलायतले व्यवसायी उडान भइरहेका बेलामा नै लेबनानबाट बाहिरिन भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖