• Monday 5th of October 2026

बाथटबमा डुबेर दुनियाँको मनमा बसेका अभिनेता म्याथ्यु पेरीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । दुनियाँको मनमा बसेका हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ। ५४ वर्षिय पेरी आफ्नै घरमा मृतक भेटिएका थिए। शनिबार लस–एन्जलसस्थित घरको बाथटबमा डुबेर उनको मृत्यु भएको हो।’

सीएनएनका अनुसार अमेरिकाको लस–एन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको छ। वार्नर ब्रदर्सले एक विज्ञप्ति जारी गर्दै लेखेको छ, हाम्रा प्रिय साथी म्याथ्यू पेरीको निधनले हामी मर्माहत भएका छौं। म्याथ्यू एक अविश्वसनीय रूपमा प्रतिभाशाली अभिनेता र वार्नर ब्रदर्स टेलिभिजन समूह परिवारको एक अमिट भाग थिए। उनको हास्य प्रतिभाको प्रभाव संसारभरि महसुस गरिएको थियो। उनको विरासत धेरैको हृदयमा बाँच्नेछ। यो एक हृदयविदारक दिन हो। हामी उहाँको परिवार, उहाँका प्रियजनहरू र उहाँका सबै समर्पित प्रशंसकहरूलाई हाम्रो माया पठाउँछौं।’

म्यासाचुसेट्समा अभिनेता पिता र पत्रकार आमाबाट जन्मिएका पेरी आमाबाबुबाट अलग भएपछि युवाको रुपमा क्यानडाको ओटावा बस्न गएका थिए। सन् १९७९ मा नाटक ‘२४० रोबर्ट’मा सानो भूमिका निर्वाह गरेसँगै उनको अभिनय यात्रा सुरु भएको थियो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖