• Tuesday 6th of October 2026

मोदीद्वारा ‘डीपफेक’ बारे चिन्ता व्यक्त


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट ‘डीपफेक’ बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले त्यसो गर्दा समस्या हुने भएकाले सञ्चारमाध्यमले जनतालाई सचेत गराउनुपर्ने बताएका हुन् ।

चलचित्र अभिनेत्री रश्मिका मन्डनाको गहिरो फेक भिडियो भाइरल भएपछि प्रधानमन्त्रीको यो भनाइ आएको हो । पछिल्लो समय यो भिडियोको निकै चर्चा भएको थियो । रश्मिकाले यसप्रति ‘दुःख’ व्यक्त गर्दै आफु जस्तो ‘पीडा’ अरु कसैलाई नपरोस् भनेर जतिसक्दो चाँडो समाधान खोज्न आग्रह गरेकी थिइन् ।

रश्मिकाले सोसल प्लेटफर्म एक्स मा लेखेकी छिन्, ‘इमानदारीपूर्वक भन्नु पर्दा, मेरो लागि मात्र होइन, हामी सबैका लागि यो डरलाग्दो छ। आज जसरी प्रविधिको दुरुपयोग भइरहेको छ, त्यसले मलाई मात्र नभई अन्य धेरैलाई पनि ठूलो नोक्सानी पुर्‍याउन सक्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖