बलिउड अभिनेत्री सुस्मिता सेनले ललित मोदीसँगको सम्बन्धबारे नयाँ खुलासा गरेकी छन्।
उनले एक अन्तर्वार्तामा ललितसँग आफ्नो सम्बन्ध जीवनको एक चरण भएको बताएकी हुन्।
भारतका व्यापारी ललितसँगको प्रेम सम्बन्धका बारेमा सुस्मिताले भर्खरै सामाजिक सञ्जालमा भनेकी छन्, ‘मैले भर्खरै इन्स्टाग्राममा एउटा पोस्ट राखेको छु किनकि कहिलेकाहीँ मलाई लाग्छ जब मानिसहरू चुप बस्छन्, तिनीहरूको मौनतालाई कमजोरी वा डरको रूपमा लिइन्छ। म हाँसेको छु भनेर उनीहरूलाई थाहा दिनका लागि मैले एउटा पोस्ट राखेकी छु।’
उनले थप भनेकी छन्, ‘म सबै मिमको मजा लिइरहेकी छु। तर यदि तपाईं कसैलाई गोल्डडिगर भनिरहनुभएको छ भने कम्तीमा उसलाई पैसामा नतौलिनुस्। आफ्नो तथ्य जाँच गर्नुहोस्। मलाई सुन होइन, हिरा मन पर्छ। जे भए पनि, त्यो अर्को अनुभव थियो। अर्को चरण थियो। ती कुराहरू भए। यदि म कसैसँग विवाह गर्न जाँदैछु भने म विवाह गर्नेछु। नभए गर्दिनँ।’
सामाजिक सञ्जालमा ललितसँगको सम्बन्धको बारेमा धेरै हल्ला भएपछि सुस्मिताले इन्स्टाग्राममा यसबारे खुलेर बताएकी हुन्। धेरैले उनलाई ललितसँग बिहे गरेको हो कि भनेर पनि सोधेका थिए।
उनले आफ्नो औंलामा औंठी नभएको भन्दै आफ्नो बिहे नभएको जानकारी दिएकी हुन्।
भारतीय सञ्चारमाध्यमहरूले भने सुस्मिता हाल पूर्व प्रेमी रोहमन शलसँगकै सम्बन्धमा रहेको बताएका छन्। हालै दिपावलीको एक भोजमा उनीहरूसँगै देखिएका थिए।
