• Monday 5th of October 2026

स्टाफ नर्सको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल


  • धनकुटा खबर
  • .

स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स)परीक्षामा ८१ प्रतिशत फेल भएका छन्।परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्।

हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्। यद्यपि पीसीएलको भन्दा नतिजा केही सुधार देखिएको छ।

बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना ९४९।०३ प्रतिशत० पास भएका छन् ।परिषद्ले शनिबार सम्मन्न गरेको ३४ औँ नाम दर्ता परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖