• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पार्टीको झन्डा ओढाएर प्रचण्डले गरे शेर्पालीको अन्तिम बिदाइ


  • धनकुटा खबर
  • .

काठमाडौँ । वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीको आज अन्तिम बिदाइ गरिएको छ । शेर्पालीको पार्थिव शरीरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । फोक्सोसम्बन्धी क्यान्सरबाट पीडित रहेका शेर्पालीको बिहीबार उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖