काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा दिएकी गौशाला २६ आजको बहसमा आफैं अदालत उपस्थित भइन् ।
उनले आफ्नो कुरा पनि राखिन् । तर, फैसलाको प्रतिक्षा नगरिकन उनी बाहिरिएकी छिन् ।
दिनभर बहस सुनेर बसेकी गौशाला २६ ले दुवैतर्फको बहस सकिएपश्चात आफ्नो भनाइ राखेकी थिइन् ।
त्यसपछि उनी अदालतबाट बाहिर निस्किइन् । बाहिर एकजनाले उनलाई मोटरसाइकलमा प्रतिक्षा गरिरहेका थिए । उनी मोटरसाइकल चढेर हिँडेकी हुन् ।
