• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता उदाङ्गियोः रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एक पटक उदाङ्गो भएको टिप्पणी गरेका छन् ।

दुई होनहार युवा देश छाड्न खोज्दै रहेपनि सरकारले संसार छाड्नु पर्ने बनाइदिएको भन्दै उनले यो राज्यले गरेको हत्या भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

आज भएको घटनाको दोष सत्तामा भएका सबैले लिनुपर्ने बताउँदै उनले भनेका छन्, ‘घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।’

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा आफू मर्माहत भएको लामिछानेको भनाइ छ । ‘शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्’, लामिछानेको भनाइ छ, ‘परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖