• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एमाले सचिवालय बैठक च्यासलमा सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं,२० पुस । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुनेछ । राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हँदैछ ।

आजको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्नेछ । यद्यपि एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभामा मिलेर उम्मेदवारी दिन प्रस्ताव गरेको छ।

एमालेले गठबन्धनसँग ६ सिट माग गरेको छ । गठबन्धन र एमालेबीचको छलफल पनि आजको बैठकमा एजेण्डा रहेन बताईएको छ । गठबन्धनले एमालेले टीआरसी विधेयकलाई साथ दिएमा केहि सिट दिन सकिने बताउँदै आएको छ । तर,ठोस निष्कर्षमा भने पुगेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖