• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

धरान उत्सवमा पुगेका बालेनले भने- ‘धरानमा यलम्बरलाई मानिन्छ, काठमाडौँमा आकाश भैरवलाई’


  • धनकुटा खबर
  • .

काठमाडौँ । धरान उत्सवको उद्घाटनमा पुगेका काठमाडौँ महानगरका मेयर बालेन साहले धरान धेरै कुरमा अनुकरणीय भएको बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौँभन्दा पनि धरान फेसनमा अगाडि भएको बताए ।

धरान डे को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रम संस्कृति समेत अनुकरणीय रहेको बताए ।

‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरूले सरकारको बजेटविना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, साहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’

उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौँमा आकाश भैरवलाई ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖