• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

‘राज्यको छाडा प्रवृत्ति स्वीकार्न सकिँदैन’:रास्वपा सभापति लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् । ललितपुरको बालकुमारीमा दुई जना र सर्लाहीको बरहथवामा एक जना युवाको ज्यान जानेगरी भएको घटनालाई लिएर उनले यस्तो बताएका हुन् । बालकुमारीमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाको मृत्यु भएको उनको दाबी छ । त्यस्तै सर्लाहीको बरहथवामा राज्यकै गोलीबाट ती युवा मारिएका उनले उल्लेख गरेका छन् ।

विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउन पर्ने उनले बताएका छन् । घटनाका पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीलाई तुरुन्त करबाही गर्न उनले माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । यस दुःखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖