• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने


  • धनकुटा खबर
  • .

काठमाडौ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।

यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖