• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गोली चलाउने हवल्दार जिल्ला तानिए


  • धनकुटा खबर
  • .

काठमाडौं– सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव अझै उठ्न सकेको छैन। सरकारसँगै कुनै सहमति नभएको भन्दै पीडित पक्षले शव अहिलेसम्म उठाउन दिएका छैनन्।

गत शुक्रबार स्वास्थ्य संस्था स्तरोन्नतिको विषयमा विवाद हुँदा प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। साहको मृत्यु भएपछि सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।

साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको छ।

छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी पनि संलग्न छन्।

शुक्रबार वरहथवा नगरपालिका–५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो। उक्त विषयमा अहिले परिवारका सदस्यहरुसँग छलफल गर्ने तयारी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताएका छन्।

त्यसैगरी गोल चलाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बरहथवाका वरिष्ठ हवल्दार सानेलाल यादवलाई जिल्ला तानिएको छ। प्रदर्शनकारीले यादवले गोली चलाएको आरोप लगाएकाले छानबिनका लागि जिल्ला तानिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖