• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एयरपोर्टमा जाँदा कतै हेर्न मन लाग्दैन- यसो भन्छन् मन्त्री बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले देशको भीभीआईपी र भीआईपीहरू वीर अस्पतालमा उपचार गराउन जाने गरेको बताएका छन् ।

कान्ति बाल अस्पतालको वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बस्नेतले ‘गरे हुने’ बताउँदै भीभीआईपीहरू विदेशमा उपचार गराउन जान छाडेको बताए ।

‘भारतको ५० हजार विद्यार्थीलाई मात्रै नेपालमा चिकित्सा शिक्षा पढाउन पाए के हुन्छ ? सोच्नुहोस् त,’ मन्त्री बस्नेतले भने, ‘अहिले एयरपोर्टमा जाँदा कहाली लाग्दो अवस्था छ, एयरपोर्टमा जाँदा कतै हेर्न मन लाग्दैन, हाम्रो हुतिहारपनले यस्तो अवस्था आएको छ ।’ उनले विदेश जाने युवालाई चिकित्सा शिक्षा दिएर राम्रो देश पठाउन सके देशको आर्थिक अवस्था बढ्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖