• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग र जिल्ला भन्सार कार्यालयहरु घेराउ गर्ने आजपाको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ पुष । आम जनता पार्टी (आजपा) को भातृ संगठन आम सम्पर्क मञ्चको भन्सारमा भएको लुटकारी प्रावधान हटाउनेबारे आन्दोलन तेस्रो चरणमा प्रवेश गरेको छ । भन्सार निवमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान नै लुटकारी रहेको आजपाको निश्कर्ष छ । सो लुटकारी व्यवस्था हटाउन आजपाले यसअघि दोस्रो चरणसम्मका संघर्षका कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।

अध्यक्ष प्रभु साहले नै सो लुटकारी व्यवस्था हटाउनको लागि सरकारसँग पटक पटक माग गरिसकेका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा पनि उनले यही विषयमा केन्द्रित भएर छलफल गरेको र सो भेटमा प्रधानमन्त्री दाहालले आज (आइतबार) सम्म आजपाका भन्सारसम्बन्धी माग पूरा गराउने वचन दिएका थिए ।

साहले घोषित कार्यक्रमअनुसार नै आफूहरुले आजबाट तेस्रो चरणको आन्दोलन घोषणाा गरेको जानकारी दिए। उनकाअनुसार पार्टीले यही पुष २७ गते राजस्व नीतिबारे अर्थ बिज्ञहरुसँग काठमाडौँमा अन्तरक्रिया गर्ने, पुष २५ देखि माघ १० गतेसम्म सीमाक्षेत्रका स्थानीय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, आगामी माघ ६ गते भन्सार नीतिबारे राजनीतिक पार्टी तथा सांसदहरुसँग छलफल गर्ने, माघ ११ देखि १९ गते तराईका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल र्याली गर्ने तय भएको छ ।

यसैगरी ⁠माघ १३ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने र माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग तथा जिल्लाका भन्सार कार्यालयहरु घेराऊ गर्ने तय भएको साहले जानकारी दिए । आजपाका नेता तथा कार्यकर्ताहरुले भने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताइसकेका छन् । विगत चार महिनादेखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले शान्तिपूर्ण धर्नामाथि हस्तक्षेप र बल प्रयोग गरेको भन्दै साहले आक्रोश पोख्ने गरेका छन् । उनले अब तेस्रो चरणका कार्यक्रम र आन्दोलन भने कडा हुने पनि जनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖