• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

झापाबाट प्रतिनिधि सभामा हारेका सिटौला सानेपाबाट राष्ट्रिय सभाकाे टिकट लिएर हिँडे


  • धनकुटा खबर
  • .

झापाबाट प्रतिनिधि सभामा हारेका सिटौला सानेपाबाट राष्ट्रिय सभाकाे टिकट लिएर हिँडे

नेपाली कांग्रेसको कोशी प्रदेशबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने भएका छन्।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई कोशीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
सिटौलालाई सभापति शेरबहादुर देउवाले टिकट पनि दिइसकेका छन्। टिकट पाएपछि उनले शेखर कोइरालालाई पनि भेटेका छन्। उनले आफ्ना कार्यकर्तालाई बिराटनगर पठाइसकेका छन्।

उनी भने भोलि मात्रै जाने तयारीमा छन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय भोलिलाई तोकेको छ।

सिटौला यसअघि पटक पटक झापा क्षेत्र नं ३ बाट पराजित भएका थिए।
पछिल्ला दुई चुनावमा लगातार पराजित भएका सिटौला यसपटक भने राष्ट्रिय सभामा जाने तयारीमा लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖