• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा निर्वाचन : यी हुन् कांग्रेसका दश उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिम उम्मेदवारको नाम पारित गरेको हो ।

लामो छलफल र विवादकाबीच उम्मेदवार चयन गरेको कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । यस्तै, बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै, कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖