भुटानको ड्रुक एयर–७७३ को जहाजमा आज बिहान चरा ठोक्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली उडान भर्ने क्रममा चरा ठोक्किएको हो।
विमानस्थल स्रोतका अनुसार आज बिहान ८ः४० बजेको जहाजमा चरा ठोक्किएको हो।
चरा ठोक्किए पनि जहाज सुरक्षित दिल्लीका लागि उडान भरिसकेको छ।
