• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेकपा एसले टुंगायो राष्ट्रियसभा उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौं। आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुंगाएको छ। नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुंग्याएको हो।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाएर आज नै उम्मेदवारी दिन लागएिको हो। जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए।

नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीनजनालाइ उम्मेदवार टुंगाउने जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖