• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आरती साह मृत्यु प्रकरणमा मानवअधिकार आयोगले भन्यो : पीडित परिवारलाई क्षतिपूर्ति दिनु


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ पुष । राष्ट्रिय मानवअधिकार आयोगले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा प्रहरी अधिकारदेखि चिकित्सकसमेतको दोष देखाएको छ ।

प्रहरीले पीडित परिवारको उजुरी दर्ता गर्न बेवास्ता गरेको आयोगको ठहर छ ।

आयोगले पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत निर्देशन दिएको छ ।

आयोगले साहकी बहिनी मनिषालाई १ लाख ५० हजार रुपैयाँ, आमा निर्मला देवी साहलाई १ लाख रुपैयाँ र भाई प्रेम र बुबा विनोद साह र सन्तोष कुमार साहलाई जनही ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖