• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा निर्वाचनः कोशीमा एमालेबाट कोइराला र अधिकारीले गराए मनोनयन दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार रुक्मणी कोइराला र परशु अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

आज (सोमबार) प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमा निर्वाचन हुँदैछ ।

जसमा कोशी प्रदेशमा रिक्त हुने २ सिटमा एमालेको तर्फबाट कोइराला र अधिकारीले मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी कोशीमा सत्तारुढ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖