• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिए, कृषि क्षेत्रलाई समेट्न सकेन : सभामुख घिमिरे


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिडेटको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका हुन्।

कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमीनलाई उत्पादनमूलक बनाउने र उत्पादनसँगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रीत गर्नुपर्ने उनले बताए ।

उनले तीन खम्बे अर्थनीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा नीजि क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताए ।

सभामुख घिमिरेले सहकारी क्षेत्रको कानून निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले राजनीतिक परिर्वतन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा बिकास गर्दै लैजानुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖