• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्राधिकरणले हुलास स्टिलको पनि लाइन काट्यो


  • धनकुटा खबर
  • .

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो।

उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ।

यसमध्ये हिमाल स्टिलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖